
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका पूर्वकोषाध्यक्ष केदारबहादुर अमात्यको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
आमात्यको ८६ वर्षको उमेरमा उपचारका क्रममा भदौ २८ गते निधन भएको हो । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत दिवङ्गत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । साथै उहाँले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा अमात्यले पु¥याउनुभएको सक्रिय योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।
नेता आमात्यले नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यालयको भवन निर्माण समितिको संयोजक रहेर जिल्ला पार्टी कार्यालय निर्माणमा महत्वपूर्ण योगदान पु¥याउनुभएको थियो । कांग्रेसको सङ्गठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना तथा पुनःस्थापनाका लागि भएका सङ्घर्ष र आन्दोलनमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । कांग्रेसले अमात्यको निधनबाट एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति