
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयका उद्योग सचिव कृष्णबहादुर राउत र वाणिज्य सचिव गोविन्द कार्कीसँग आज कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
मन्त्रालयका सबै कर्मचारीसहितको बैठकमा कार्यसम्पादन सम्झौता गर्दै मन्त्री भण्डारीले सबै मन्त्रालयभन्दा उत्कृष्ट बनाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको उहाँका स्वकीय सचिव आनन्द भट्टले जानकारी दिनुभयो । मन्त्री भण्डारीले भन्नुभयो– ‘इमान्दारिपूर्वक आफ्नो दायित्व र जिम्मेवारी सम्झेर आजका विद्यमान समस्या समाधान गर्दै नागरिकमैत्री सेवा प्रवाहमा जुट्न आग्रह गर्दछु ।’ सबैले साझा प्रतिवद्धता गरेर दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
मन्त्री भण्डारीले दृढ इच्छाशक्ति भए आइपर्ने सबै कामलाई साझा रुपले समाधान गर्न सकिने धारणा राख्नुभयो । ‘यो कार्यसम्पादन सम्झौता परम्परागत हिसाबले गर्नुछ भनेर गरिएको होइन, वास्तविक रुपमा नतिजा देखिने गरी काम गर्ने उद्देश्यले गरेका हौँ’ उहाँले भन्नुभयो ।
वर्तमान अवस्थामा विभिन्न चुनौतीहरु रहेकाले सबै एकजुट भएर चुनौतीको सामना गर्नुपर्ने बताउँदै मन्त्री भण्डारीले जिम्मेवारीबाट पन्छिने छुट कसैलाई नरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘काम गर्ने क्रममा चाहेर वा नचाहेर पनि समस्या आइपर्छन्, त्यस्ता आइपर्ने समस्यालाई इमान्दारितापूर्वक जनताप्रति उत्तरदायी भएर सहज रुपले समाधान गर्दै जानुपर्छ ।’
मन्त्रालयका सचिवद्वय राउत र कार्कीले कार्यसम्पादन सम्झौता बैठकमा सम्झौताअनुरुप जनताप्रति उत्तरदायी भएर कार्यसम्पादन गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति