+

पराष्ट्रपति यादव र दक्षिण कोरियाली राजदूतबीच भेटवार्ता

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताएयोङ्गबीच  भेटवार्ता भएको छ । 

उहाँहरुबीच आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको हो । भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको विकास, श्रम तथा रोजगार लगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । 

उपराष्ट्रपति यादवले नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता घनिष्ट र मैत्रीपूर्ण सम्बन्ध रही आएको बताउनुभयो । ‘हाम्रा द्विपक्षीय सम्बन्ध आपसी सम्मान, समझदारी एवं सहयोगमा आधारित छन्’ उहाँले भन्नुभयो– ‘यसवर्ष नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा मनाइरहेका छौँ । यस मैत्रीपूर्ण सम्बन्धलाई थप प्रवर्द्धन गर्न हामी तत्पर छौँ ।’  

कोरियाली अन्तर्राष्ट्रिय विकास सहयोग नियोग ‘कोइका’ मार्फत विभिन्न क्षेत्रमा गरेको प्राविधिक सहयोग तथा जनशक्ति विकासमा पु¥याएको योगदान नेपालका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्दै उपराष्ट्रपति यादवले भन्नुभयो, ‘हामी कनेक्टिभिटी, पूर्वाधार विकास, ऊर्जा विकास, व्यापार र पर्यटन प्रवर्द्धन लगायत जनस्तरको सम्बन्ध लगायत क्षेत्रमा अझ विस्तृत र गहन रूपमा अगाडि बढाउन प्रतिवद्ध छौँ ।’ 

त्यही अवसरमा दक्षिण कोरियाली राजदूत ताएयोङ्गले नेपालमा सामसङ, हुन्डेलगायत कम्पनीहरूले उत्पादनक क्षेत्रमा लगानी गर्न चाहेको बताउनुभयो । ‘नेपालको किसानलाई स्मार्ट फार्मिङको माध्यमबाट कृषिमा हुने नोक्सान न्यूनीकरणमा सहयोग गर्न कोरिया इच्छुक छ’ उहाँले भन्नुभयो– ‘इपीएसमार्फत कोरिया गएर फर्केकाका लागि उनीहरूको सीप नेपालमै प्रयोग गराउनमा पनि केरियाको सहयोग रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट