+

सबैले राष्ट्रका लागि योगदान गर्नुपर्छ : कांग्रेस नेता कोइराला

चितवन ।  नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले हरेक व्यक्तिले योगदान राष्ट्रका लागि गर्नुपर्ने बताउनुभएको छ । स्वर्गीय चन्द्रकान्त न्यौपानेको १२ औँ स्मृति दिवसको अवसरमा आज आयोजित स्मृतिसभामा उहाँले हरेक व्यक्तिबाट राष्ट्र र जनतामा योगदान हुनुपर्ने बताउनुभयो । 

स्वर्गीय न्यौपाने जस्तै ठूलो मान्छे होइन असल मान्छे बन्न सके समाज परिवर्तन हुने विश्वास व्यक्त गर्दै नेता कोइरालाले आफ्नो व्यवहारले आफ्नो पहिचान हुने बताउनुभयो । सामाजिक व्यक्तिले समाजको भलो गर्नुपर्नेमा उहाँको जोड थियो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू टेकप्रसाद गुरुङ र दिनेश कोइरलाले पार्टीका लागि योगदान गर्नेको मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो । उहाँहरूले पार्टीभित्रको आन्तरिक समस्या समाधान गरेर जनताको काममा कांग्रेस अग्रपङ्तिमा उभिनुनै न्यौपानेको सच्चा सम्मान भएको बताउनुभयो ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, पूर्वसभापतिहरू जीतनारायण श्रेष्ठ, विकास कोइराला, कृष्णलाल सापकोटा, शेषनाथ अधिकारी, तोपमानसिंह गुरुङ, टिकाराम न्यौपाने, कांग्रेस नेता डा सूर्यकान्त घिमिरे, बागमती प्रदेशका पूर्वमन्त्री उत्तम जोशीलगायतले न्यौपानेले पार्टीमा पुर्याएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो ।

नेपाली कांग्रेस भरतपुर महानगरपालिका–६ का सभापति प्रकाश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वर्गीय न्यौपानेका छोरा बुद्धिकान्त न्यौपाने, कांग्रेस चितवनका उपसभापति राजिव न्यौपाने, सचिव ध्रुव पोखरेल लगायतले स्व।न्यौपानेप्रति आ–आफ्ना धारणा राख्नुभएको थियो ।
 
विसं १९९२ पुस २७ गते लमजुङको दुरडाँडाको देउता पानीमा जन्मनुभएका प्रजातन्त्रका शेनानी चन्द्रकान्त न्यौपानेको  विसं २०६९ भदौ २८ गते तत्कालीन सभापति सुशील कोइरालालाई भेट्न काठमाडौँ जाँदै गर्दा सवारी दुर्घटनामा परी निधन भएको थियो । उहाँ विसं २०३६ बाट अनवरत रुपमा कांग्रेसका सबै आन्दोलनमा अग्रपङ्तिमा रहेर भूमिका निवाह गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट