
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आगामी एक वर्षभित्र सबै जनताको घरमा विद्युतीकरण पुग्ने गरी काम अघि बढाइएको बताउनुभएको छ ।
आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले विद्युतको आन्तरिक खपत बढाउन सबै जनताको घरमा विद्युत् सेवा पुर्याउन लागिएको उल्लेख गर्नुभयो ।
नेपालमा सञ्चालित व्यवसायमध्ये सबैभन्दा बढी आयआर्जन गर्ने विद्युत्सम्बन्धी व्यवसाय भएका भन्दै मन्त्री खड्काले यसको आन्तरिक खपत बढाउन सरकार लागेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘निर्माणको समय भएकाले कहिलेकाही समस्या देखिने गरेको छ । यसको समाधान गर्दै आन्तरिक खपत बढाउन सरकार प्रयासरत छ ।’
विद्युत्को उपभोग बढी भन्दाबढी कसरी गर्ने भन्ने विषय सरकार केन्द्रित रहेको उहाँको भनाइ छ । हिउँदमा विद्युत् उत्पादन कम हुँदा कहिलेकाही समस्या आउने गरेको मन्त्री खड्काले बताउनुभयो ।
मन्त्री खड्काले सरकारले डेडिकेटर लाइनको पैसा असुल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘लाइन काटेर समस्याको समाधान हुँदैन । पैसा असुल गर्ने कानुनी बाटाहरु छन् । कानुनमा व्यवस्था गरिएअनुसार रकम असुल गर्नेछौँ ।’
व्यवसायीले विद्युत् प्रयोग गरेबापत राज्यलाई महशुल बुझाउनुपर्नेमा जोड दिँदे उहाँले अहिले देखिएको विवाद चाँडै टुङ्गो लाग्ने उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति