
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव मेटमणि चौधरीलाई पार्टीले ३ दिने स्पष्टीकरण सोधेको छ । भदौ २५ गते मंगलबार एक टेलिभिजनमा दिएको अन्तरवार्तामा चौधरीले लिपुलेक र कालापानी भारतको हो भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै बिहीबार महासचिव घनश्याम भूसालले तीन दिने स्पष्टीकरण सोध्नुभएको हो ।
टेलिभिजन अन्तवार्तामा चौधरीले लिपुलेक र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अर्थ लाग्ने अभिव्यक्ति दिनुभएको थियो । सोही बिषयलाई लिएर तीन दिनभित्र चौधरीलाई लिखित जवाफ दिन पार्टीले भनेको छ ।
‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अंग बनाइएको कुरा सर्वविदितै नै छ । त्यसविपरीत, मुलुकको अखण्डता र सार्वभौसमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ?’ महासचिव भूसालले चौधरीलाई सोधेको स्पष्टीकरणमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति