
पोखरा । पूर्व सांसद ढाकाकुमार श्रेष्ठ लागुऔषध बेचविखन आरोपमा पक्राउ पनुएभउको छ । श्रेष्ठले लागुऔषध बिक्री गरेको प्रमाण फेला परेपछि उहाँलाई पक्राउ गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताउनुभएको छ ।
प्रहरीका अनुसार लागुऔषध प्रयोगकर्ताले दिएको जानकारीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको हो । ‘एक महिनाअघि लागुऔषध सहित पक्राउ परेका व्यक्तिलाई कहाँबाट किन्नुभयो भनेर सोध्दा दिया फार्मेसीबाट भन्ने जानकारी दिए,’ एसपी थापाले भन्भुभयो, ‘दिया फार्मेसी ढाकाकुमार श्रेष्ठको नाममा रहेछ, अनि पक्राउ गरेका छौं।’
प्रहरीले श्रेष्ठलाई लागुऔषध बेचविखन सम्बन्धी मुद्दा चलाउने एसपी थापाले बताउनुभयो ।
पूर्व संसद श्रेष्ठलाई यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीले अनैतिक गतिविधि गरेको भन्दै सांसद र पार्टी सदस्यबाट निस्कासन गरेको थियो। उहाँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग टेलिफोन वार्तामा आफू मन्त्री बन्न पार्टी सभापति रवि लामिछानेको टिमले २ करोड रूपैयाँ मागेको भन्ने व्यहोराको टेलिफोन संवाद सार्वजनिक भएपछि उहाँलाई रास्वपाले कारबाही गरेर सांसद र पार्टी सदस्यबाट निकालेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति