+

बागलुङबाट बेपत्ता दुई किशोरीको सकुशल उद्धार

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोरी बेपत्ता भएको १४ दिनपछि सकुशल फेला परेका छन् । बेपत्ता किशोरीलाई काँकडभित्ता र चितवनबाट उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवले रेशको नुन्थला माध्यामिक विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत सन्ध्या किसान र अमृता किसान भदौ १३ गते बिहानदेखि बेपत्ता भएका थिए । उनीहरुको खोजी गर्न प्रहरीले नेपालभर फोटोसहितको विवरण पठाएर प्रहरी परिचालन गरेको थियो । 

बेपत्ता अमृतालाई भारततर्फ लैजादै गरेको अवस्थामा झापास्थित आफन्त नेपालले उद्धार गरी प्रहरीमार्फत परिवारको जिम्मा लगाइएको विद्यालयलका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिनुभयो । सन्ध्यालाई चितवनको एक होटलबाट प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट