
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामानव बिपी कोइरालाको सन्दर्भमा अहिले पनि व्यापक अध्ययन र अनुसन्धान हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
बिपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा पेसागत तथा बुद्धिजीवी विभाग, नेपाली कांगे्रसले आज आयोजना गरेको ‘बिपीको समाजवाद र आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री देउवाले बिपी कोइरालाले कुनै समयमा बोलेको विषय समयानुकूल परिवर्तन हुँदै जाने बताउँदै बिपीका बारेमा समयअनुसार खोजरअनुसन्धान गरी त्यसलाई विश्वसामु पु¥याउनुपर्ने बताउनुभयो ।
बिपी कोइरालाले छोडेको प्रजातान्त्रिक पद्धति र प्रजातान्त्रिक समाजवाद लगायत विषयलाई आत्मसात् गर्दै अबका युवा पुस्ता अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ । सभापति देउवाले भन्नुभयो– ‘समाजवाद मात्र होइन, प्रजातन्त्रसहितको समाजवाद हो, जसमा मानवीय मूल्य, मान्यता, मानवअधिकार सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’ प्रजातन्त्रविहीन समाजवाद हुन नसक्ने उहाँको भनाइ छ ।
‘कतिपय कुरा समयअनुसार परिवर्तन पनि हुन्छ, उतिबेला बिपी कोइरालाले गाई पाल्ने कुरा गर्नुभएको थियो, उतिबेला बाटो थिएन, तर अहिले गाउँका घरघरमा बाटो पुगेको छ, बिजुली पुगेको छ, बत्ती पुगेको छ, त्यसैले आजको दिनमा गाई पाल्नेभन्दा पनि डेरीबाट दूध वितरण गर्न सकिन्छ, डेरीबाटै घीउ उपलब्ध गराउन सकिन्छ’ उहाँले भन्नुभयो ।
बिपी कोइराला हरेक विषयको ज्ञाता भएको बताउँदै उहाँले राजनीतिसँगै बिपीले नेपाली साहित्यको क्षेत्रमा समेत अतुलनीय योगदान पु-याउनुभएको टिप्पणी गर्नुभयो । ‘बिपी कोइराला साहित्यमा पनि उत्तिकै दक्खल भएको व्यक्ति हो, नेपालमा उहाँ जत्तिको साहित्यकार विरलै पाइन्छ, राजनीतिमा त पूरै दक्खल भएको व्यक्ति हो, त्यसकारणले मैले उहाँलाई सानो देशको ठूलो नेता भनेको हो ।’
कांगे्रस महामन्त्री गगनकुमार थापाले बिपीको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै कांग्रेस पार्टीले बिपीको विचारलाई पछ्याउँदै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘बिपीको समाजवाद भनेको व्यक्तिको स्वतन्त्रता हो, उहाँ चिन्तक मात्रै होइन, पार्टीको नेता पनि हुनुहुन्थ्यो, बिपीबाट नयाँ पुस्ताले अझ बढी सिक्नुपर्छ, युवाले बिपीबारे अध्ययन गर्नुपर्ने छ ।’
महामन्त्री थापाले आजको सन्दर्भमा स्वदेशमै रोजगारी सिर्जना गरी लाखौँ युवालाई रोजगारी दिँदा मात्रै बिपीको सान्दर्भिकता झल्किने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति