
स्याङ्जा । बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ ।
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो । भदौ २८ गते बाल दिवसका अवसरमा सदरमुकामस्थित त्रिभुवन आदर्श माविको प्राङ्गणमा पञ्चेबाजा प्रतियोगिता गर्न लागिएको सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले बताउनुभयो ।
‘पुराना पुस्तामा रहेको परम्परागत सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ’ उहाँले भन्नुभयो– ‘सीपको पुस्तान्तरणसँगै हाम्रो संस्कार संस्कृतिको संरक्षण गर्नका लागि पनि उपयोगी हुनेछ ।’
समाजमा हुने उत्सव, विवाह र चाडपर्वमा पञ्चेबाजाको प्रयोगले बालबालिकाको आयआर्जनमा पनि सहयोग पुग्ने विश्वास उहाँको छ । विद्यालयस्तरबाट हाम्रो संस्कार संस्कृति तथा बाजागाजाको संरक्षण गर्नका लागि जोड दिने उद्देश्यले बालबालिकामाझ प्रतियोगिता आयोजना गरिएको हो ।
कक्षा १ देखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको समूह, टोल, बालक्लब, वडा कार्यालय, पालिकास्तरीय जुनसुकै पनि समूह भाग लिन पाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
‘प्रतियोगितामा विद्यालय, बालक्लब, समूह, टोलबाट विद्यार्थीलाई सहभागी बनाइदिन जिल्लाका ११ वटै पालिकामा पत्राचार गरिसकिएको छ’ उहाँले भन्नुभयो, “केही समूह सम्पर्कमा आइसकेका छन् ।’
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः ६ हजार, ५ हजार र ४ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति