
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले प्रतिनिधिसभाका उपसभामुखमाथि राजीनामाको विषय उठाएर उहाँलाई अपमान गर्न खोजिएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उहाँले सामाजिक सेवामा काम गरेको सभामुखलाई शक्तिशाली सरकारले हटाउने विषय लोकतन्त्र सम्मत हुनुहुँदैन भन्नुभयो । ‘एक सामाजिक अभियन्ता तथा जनजाति महिला उपसभामुखमाथि राजीनामाका लागि गरिएको व्यवहार लोकतान्त्रिक संस्कार पनि होइन । शक्ति पृथकीकरणको सिद्धान्तअनुरुप पनि छैन’ उहाँले भन्नुभयो ।
‘उपसभामुखको राजीनामाको विषय मिडियामा आएको थियो तर संसदमा प्रवेश गरिसकेपछि हावा मात्रै हैन अभियान नै चलेको रहेछ’ सांसद पौडेलले भन्नुभयो– ‘समाजिक सेवामा काम गरेको व्यक्तिलाई हटाउने कुरा दुःखदायी भएको र यसले लोकतन्त्रलाई सुदृढ गर्दैन ।’
सांसद पौडेलले ठूला अनियमितता र भ्रष्टाचारमा मुछिएकालाई कानुनी दायरामा ल्याउन माग गर्नुभयो । विपद्जन्य घटनाबाट पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति