
झापा । स्थानीय प्रशासनले पछिल्लो तीन वर्षमा लागुपदार्थ कारोबारमा सङ्लग्न १ हजार १ सय ५जनालाई पक्राउ गरेको छ ।
प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ सम्ममा चार दशमलव पाँच किलो ब्राउन सुगर र ९६ दशमलव पाँच किलो गाँजा बरामद भएको छ । तीन वर्षमा पक्राउपर्नेमा १ हजार ९ पुरुष र ९६ महिला रहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयका विभिन्न युनिट अन्तर्गत पक्राउ परेकाका विरुद्धमा आव २०७८/७९ मा दुई सय मुद्दा, आव २०७९/८० मा दुई सय छ मुद्दा, आव २०८०/८१ मा दुई सय ९७ मुद्दा गरी तीन वर्षमा सात सय तीन मुद्दा दर्ता भएका थिए । भारतसँगको खुला सिमानाका कारण कडाइ गर्दा पनि प्रत्येक वर्ष लागुपदार्थ दुव्र्यसनी र कारोबारीको सङ्ख्या बढदै गएको प्रहरी नायव उपरीक्षक चन्दको भनाइ छ ।
प्रहरीका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै प्रहरीले चार सय २९ पुरुष र ३३ महिला गरी चार सय ६२ जनालाई लागुऔषधको सेवन तथा कारोबार गर्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुका साथबाट प्रहरीले दुई किलो ब्राउन सुगर र २८ दशमलव पाँच किलो गाँजा बरामद गरेको हो ।
यसैगरी झापा प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७८/७९ मा तीन सय सात र आर्थिक वर्ष २०७९/८० मा तीन सय ३६ मानिस लागुऔषधको अवैध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति