
कञ्चनपुर । लोप हुँदै गएको देउडाको मौलिक भाका जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले कार्यक्रम आयोजना गरेको छ ।
शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सोमबारदेखि पार्टीले तीन दिने देउडा कार्यक्रम आयोजना गरेको हो । ‘पुराना देउडाका भाका हराउँदै गएका छन’ आयोजक समितिका संयोजक ललित हमालले भन्नुभयो– ‘बाह्य क्षेत्रको प्रभावका कारण देउडा भाकाहरु विकृत बन्दै जान थालेका छन्, मौलिकता जोगाउन कार्यक्रमको आयोजना गरेका हौंँ ।’
पुराना र नयाँ देउडीयालाई एकै थलोमा बोलाएर नयाँ पिँढीलाई देउडाको महत्व दर्शाउने काम गरिएको उहाँले बताउनुभयो । देउडाका भाकासँगै रहनसहन, लवाइखवाइ, पहिरन, गहनाबारे पनि कार्यक्रममा जानकारी दिइने उहाँको भनाइ छ । बरिष्ठ देउडीया अम्बादत्त जोशीले पुराना गीत भावपूर्ण हुने गरेको उल्लेख गर्दै ज्ञानवद्र्धक, उपदेशमूलक, इतिहासको वर्णन, धार्मिक भावनाले ओतप्रोत, धार्मिक, जनचेतनामुलक हुने गरेको धारणा राख्नुभयो ।
‘हाल पुराना देउडा गीतको रन्को सुनिन छाडेको छ’ उहाँले भन्नुभयो– ‘शब्द छनोटमा ध्यान नदिईने छाडा र हल्का शब्दको प्रयोग हुँदा मौलिकता खस्किएको छ ।’ नयाँ पिँढीले पुरानाबाट देउडा संस्कृतिबारे जानकारी लिनुपर्ने उहाँले बताउनुभयो । यस कार्यक्रमले नयाँ र पुराना देउडीयाको जमघट गराएकाले सिक्ने सिकाउने अवसर प्राप्त भएको उहाँको भनाइ छ ।
कार्यक्रममा जोशीसँगै पशुपति धामी, मानबहादुर विष्ट, बलदेव भट्ट, गौर सिंह सार्की, कालुसिंह कुवँरको सहभागिता छ । चर्चित देउडा गायक भानुभक्त जोशी र जेआर भट्ट पनि कार्यक्रममा सहभागी हुनुहुन्छ ।
‘कार्यक्रममा सहभागी देउडीयाहरुले सुदूरपश्चिम क्षेत्रको संस्कृतिबारे गीतका माध्यमबाट वर्णन गर्ने, राजनीतिक व्यङ्ग्य गर्ने, समाजमा देखिएका विकृति विसङ्गतीबारे गीतमार्फत सजग गराउने छन्’ कार्यक्रमका अर्का आयोजक जीत सिंह भण्डारीले भन्नुभयो– ‘पुराना भाकामा देउडाको लय हालेर गाउने कार्यक्रम छ ।’
राप्रपाले आयोजना गरेपनि देउडा खेल्न सबै दलसँग आवद्धहरु र समाजका लब्धप्रतिष्ठीत व्यक्तिको सहभागिता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति