अन्तराष्ट्रिय

भारतमा ‘मानवमा बर्ड फ्लू’ सङ्क्रमण पुष्टि

काठमाडौँ । पश्चिम बङ्गालमा चार वर्षीय बच्चामा एच–९ एन–२ भाइरस पत्ता लागेपछि विश्व स्वास्थ्य सङ्गठनले भारतमा बर्ड फ्लूको मानव सङ्क्रमण पुष्टि गरेको छ । भारतबाट डब्ल्यूएचओलाई अधिसूचित एभियन इन्फ्लुएन्जा ए ९एच–९ एन–२० को यो दोस्रो मानव सङ्क्रमण हो ।