
काठमाडौँ । युरोपेली सङ्घ (इयू) का विदेश नीति प्रमुख काजा कल्लासले आफ्ना समकक्षी मार्को रुबियोसँग वार्ताका लागि मङ्गलबार अमेरिका जाने बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मस्कोसँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि वार्ता शुरु गरेर किएभ र यसका समर्थकहरूलाई किनारा लगाएपछि युरोप अमेरिकालाई आफ्नो आवाज सुनाउन आतुर छ ।
‘तपाईं (रुसी राष्ट्रपति भ्लादिमिर) पुटिनसँग जे चाहनुहुन्छ त्यही छलफल गर्न सक्नुहुन्छ, तर यदि यो युरोप वा युक्रेनको कुरा आउँछ भने युक्रेन र युरोपले पनि यो सम्झौतामा सहमति जनाउनुपर्छ’ सोमबार इयूका विदेशमन्त्रीहरूको बैठकमा पत्रकारहरूसँग अमेरिकी राष्ट्रपतिलाई सङ्केत गर्दै कल्लासले भन्नुभयो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनलाई कमजोर बनाउन चाहेको आशङ्कालाई बढावा दिनुभएको छ । उहाँले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीविरुद्ध व्यापक दवाव सिर्जना गर्नुभएको छ । यसले रूसी बयानबाजीलाई प्रतिबिम्बित गर्दछ, जसमा उनलाई ‘तानाशाह’ पनि भनिएको छ। ‘संयुक्त राज्य अमेरिकाबाट आएका सन्देश हेर्ने हो भने, यो स्पष्ट छ कि त्यहाँ रूसी आवाजलाई धेरै बलियो रूपमा प्रतिनिधित्व गरिएको छ’ कल्लासले भन्नुभयो ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले सोमबार ह्वाइट हाउसमा अमेरिकी नेतालाई भेट्ने तय भएपछि ट्रम्प प्रशासनमा युरोपेली समुदायको बढ्दो पहुँचबीच कल्लासको वासिङ्टन भ्रमण हुन लागेको हो ।
इयूका शीर्ष कूटनीतिज्ञले ब्रसेल्सका विदेशमन्त्रीहरूले किएभलाई प्रमुख हतियार आपूर्ति बढाउने प्रस्तावमा छलफल गर्ने तर आपूर्तिका लागि समग्र यूरो मूल्यमा सम्झौता हुने सम्भावना नरहेको बताउनुभएको छ ।
समूहले मस्कोमाथि औपचारिक रूपमा १६ औँ चरणको प्रतिबन्ध लगाउने छ जसमा रूसबाट आल्मुनियम आयातमा प्रतिबन्ध पनि समावेश छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै