
बर्लिन । जर्मनीको संसदको तल्लो सदन बुन्डेसटागको संरचना तय गर्न आइतबार मतदान भएको छ ।
निर्वाचन यसै वर्ष (सन् २०२५) को सेप्टेम्बरमा हुनुपर्ने भएपनि गत वर्ष सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी), ग्रीन्स र फ्रि डेमोक्र्याटिक पार्टीको वर्तमान सत्तारुढ गठबन्धन भत्किएपछि निर्धारित समयभन्दा अघि नै मध्यावधि निर्वाचनको घोषणा भएको हो ।
पछिल्लो सर्वेक्षणअनुसार क्रिश्चियन डेमोक्र्याटिक युनियन (सीडीयू) र क्रिश्चियन सोसल युनियन (सीएसयू) का भ्रातृ दलले अग्रता लिने देखिएको छ ।
फोर्सा इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार सीडीयू र सीएसयूको समर्थनमा २९ प्रतिशत मतदाता रहेको देखिएको छ भने अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को पक्षमा २१ प्रतिशत र चान्सलर ओलाफ स्कोल्जको एसपीडीको समर्थनमा १५ प्रतिशत रहेको छ ।
स्थिर सङ्घीय सरकार गठनका लागि बुन्डेसटागका ६३० सिटमध्ये बहुमत आवश्यक पर्छ । फोर्सा सर्वेक्षणले २२ प्रतिशत उत्तरदाताहरू अझै पनि चुनावको केही समय अघि आफ्नो छनौटको बारेमा अनिश्चित रहेको देखाएको छ।
स्थानीय समय अनुसार आइतबार बिहान ८ बजे शुरु भएको मतदान १८ बजे सम्पन्न हुने बताइएको छ । कूल २९९ निर्वाचन क्षेत्रमा चारहजार ५ सय ६ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
कम्तीमा पाँच करोड ९२ लाख मतदाताले मतदान गर्न पाउने सरकारी तथ्याङ्कले देखाएको छ । रासस/सिन्ह्वा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै