
काठमाडौँ । बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले रूस–युक्रेन शान्ति वार्ता आयोजना गर्ने प्रस्ताव गर्नुभएको छ ।
राष्ट्रपति लुकासेन्कोले बुधबार प्रकाशित अन्तर्वार्तामा यस्तो प्रस्ताव गर्नुभएको हो । ‘अमेरिकी राष्ट्रपति डोनाल्ड) ट्रम्पलाई भन्नुहोस् कि म (रूसी राष्ट्रपति भ्लादिमिर) पुटिन र (युक्रेनी राष्ट्रपति भोलोदिमर) जेलेन्स्कीसँग यहाँ आउने अपेक्षा गर्छु’ लुकासेन्कोले अमेरिकी ब्लगर मारियो नौफलसँगको भिडियो अन्तर्वार्तामा प्रस्ताव राख्नुभएको थियो ।
लुकासेन्को पुटिनका निकट सहयोगी हुनुहुन्छ र उहाँको देश युक्रेनमा रुसको सैन्य कारबाहीलाई समर्थन गरेको र विपक्षीहरू विरुद्धको सरकारी कारबाहीलाई लिएर अमेरिका र युरोपीय सङ्घ (इयु) को प्रतिबन्धमा छ । रुसले सन् २०२२ मा युक्रेनमा केही सेना पठाउन बेलारुसको क्षेत्र प्रयोग गरेको थियो । तर ७० वर्षीय राष्ट्रपतिले भन्नुभयो– ‘यदि तपाईं सहमति गर्न चाहनुहुन्छ भने हामी बस्नेछौँ र शान्त रूपमा सहमति गर्नेछौँ ।’
युक्रेनी समाजको ठूलो हिस्सा जेलेन्स्कीसँग रहेको भन्दै लुकासेन्कोले जेलेन्स्कीसँग सहमति हुनुपर्ने बताउनुभयो । ‘बेलारुस सीमा र किएभबीच केवल दुई सय किलोमिटरको दूरी छ । विमानमा आधा घण्टामा । आउनुहोस्’ उहाँले फेब्रुअरी २७ मा रेकर्ड गरिएको अन्तर्वार्तामा घोषणा गर्नुभयो ।
लुकासेन्कोले रूससँग वार्ता गर्न र तीन वर्षदेखि चलिरहेको द्वन्द्व अन्त्य गर्न ट्रम्पका प्रयासको प्रशंसा गर्नुभयो । ‘ट्रम्प असल व्यक्ति हुनुहुन्छ, उहाँ यसबारे धेरै कुरा गर्नुहुन्छ र युक्रेनको युद्ध र मध्यपूर्वमा युद्ध अन्त्य गर्न पहिलेनै केही गरिसक्नुभएको छ’ उहाँले भन्नुभयो– ‘मलाई लाग्छ उहाँको एकमात्र नीति युद्ध अन्त्य गर्ने हो । यो एउटा उत्कृष्ट विचार हो ।’
अन्तर्वार्ता प्रकाशित भएको दिन ट्रम्पले मङ्गलबार जेलेन्स्की रूससँग ‘स्थायी शान्ति’ का लागि वार्ता गर्न तयार रहेको बताउनुभएको थियो । ट्रम्पको वासिङ्टनमा जेलेन्स्कीसँग शुक्रबार भएको भेट एक रोषपूर्ण भेटघाटमा परिवर्तन भयो र ट्रम्पले युक्रेनलाई सैन्य सहायता निलम्बन गर्ने आदेश दिनुभएपछि जेलेन्स्कीमाथि दबाब बढ्यो ।
जेलेन्स्कीले सामाजिक सञ्जालमा त्यो भेटघाट ‘खेदजनक’ भएको र उहाँ अमेरिकी नेतासँग ‘कुरा ठिक गर्न’ चाहेको पोस्ट गर्नुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने