
काठमाडौँ । अस्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टी (ओईभीपी) ले बिहीबार दुई मध्यमार्गी दलसँग मिलेर सरकारको गठबन्धनको घोषणा गरेको छ।
फ्रिडम पार्टी (एफपिओई) ले चुनावमा २९ प्रतिशतको हाराहारीमा विजय हासिल गरेपछि महिनौँ लामो वार्तालाई यो सम्झौताले टुङ्गोमा पुर्याएको छ ।
अस्ट्रियाको पहिलो अति दक्षिणपन्थी नेतृत्वको सरकारबारे एफपीओई र ओईभीपीबीच भएको वार्ता यसै महिना टुटेको थियो ।
गत जनवरीमा सरकार गठनको पहिलो प्रयास असफल भएपछि ओईभीपी, सोसल डेमोक्र्याट्स (एसपीओई) र उदारवादीहरूले पुनः गठबन्धन वार्ता शुरु गरेका थिए ।
ओईभीपीका नेता क्रिश्चियन स्टकरले एसपीओई र उदारवादीहरूसँग ‘साझा कार्यक्रम’ सहमति भएको र बिहीबार प्रस्तुत गरिने बताउनुभयो ।
‘पछिल्ला दिनहरुमा साझा कार्यक्रमका लागि दिनरात काम भइरहेको छ’ पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
देशको आधुनिक इतिहासमा सबैभन्दा लामो समयसम्म सरकार नभएको अवस्थामा राष्ट्रपति अलेक्जेन्डर भान डेर बेलेनले पार्टीका नेताहरूलाई छिटो सम्झौता गर्न आह्वान गर्नुभएको थियो ।
करिब ९० लाख जनसङ्ख्या भएको देशमा सन् १९८७ देखि शासन गर्दै आएको ओईभीपीले यसअघि नै एसपीओईसँग कैयौँ पटक सरकारमा सहकार्य गरिसकेको छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना