
काठमाडौँ । चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो ‘अनिश्चितता’का साथै अपर्याप्त आन्तरिक मागको सामना गरिरहेको एक उच्च वित्तीय अधिकारीले बिहीबार बताउनुभएको छ ।
संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापार युद्धले निर्यातमा असर पारेकाले बेइजिङले बुधबार पाँच प्रतिशतको हाराहारीमा वार्षिक वृद्धिको महत्त्वाकाङ्क्षी वार्षिक वृद्धिको लक्ष्य राखेको छ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यसै साता चिनियाँ आयातमा थप कर वृद्धि गर्नुभएको छ । ट्रम्पले आफ्नो सपथ ग्रहण समारोहमा जनाएको प्रतिवद्धता अनुसार कर वृद्धि हुने बताउनुभएको हो ।
चीनको राष्ट्रिय विकास तथा सुधार आयोगका अध्यक्ष झेङ शान्जीले एक पत्रकार सम्मेलनमा भन्नुभयो, ‘चीनले यो वर्ष आफ्नो आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सक्छ भन्नेमा उसलाई पूर्ण विश्वास छ ।’
‘हामीसँग यस वर्षको पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने आधारभूत समर्थन र सुनिश्चितता छ’ झेङले भन्नुभयो ।
बेइजिङको वार्षिक दुई सत्रको राजनीतिक बैठकका क्रममा बोल्दै झेङले ‘बाह्य वातावरणमा अनिश्चितता झन् बढ्दै गएको’ स्वीकार्नभएको छ ।
उहाँले भन्नुभयो– ‘केही उद्योग र केही उद्यममा अपर्याप्त आन्तरिक माग, उत्पादन र सञ्चालनको कठिनाइजस्ता केही समस्या पनि हामीले सामना गरिरहेका छौँ ।’
‘यद्यपि, हामीलाई लाग्छ कि यी कठिनाइ र चुनौतीहरू विकास र प्रगतिको प्रक्रियामा छन्, र ती सबै पार गर्न र समाधान गर्न सकिन्छ’ झेङले भन्नुभयो ।
प्रधानमन्त्री ली कियाङले बुधबार कम्युनिस्ट पार्टीको वार्षिक सम्मेलनमा घोषणा गरेको चीनको महत्त्वपूर्ण वृद्धिको आँकडा व्यापक रूपमा विश्लेषकहरूको एएफपी सर्वेक्षणसँग मिल्दोजुल्दो थियो, यद्यपि विशेषज्ञहरूले चीनको आर्थिक चुनौतीको परिमाणलाई ध्यानमा राख्दै यो महत्वाकाङ्क्षी रहेको बताएका छन्।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको यो अर्थतन्त्रले कोभिड–१९ को महामारीपछि आफ्नो स्थान पुनः प्राप्त गर्न सङ्घर्ष गरिरहेको छ, घरेलु उपभोग र विशाल सम्पत्ति क्षेत्रमा निरन्तर ऋण सङ्कट जारी छ ।
ट्रम्पको पछिल्लो चरणको करवृद्धिले चीनले सामना गर्नुपरेको अवरोधलाई थप बढाएको छ ।
यी करले विश्वका दुई ठूला अर्थतन्त्रबीचको कुल व्यापारमा सयौँ अर्ब डलरको असर पार्ने अनुमान गरिएको छ ।
बेइजिङले वासिङ्टनको पछिल्लो कर वृद्धिको प्रतिशोध स्वरूप मङ्गलबार आफ्नै उपायहरूको घोषणा गरेको छ र ‘तीतो अन्त्य’ को लागि व्यापार युद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यो कदमले चीनले सोयाबिन, सुँगुरको मासु र गहुँलगायत अमेरिकी कृषि उत्पादनमा अर्को साताको शररुदेखि १५ प्रतिशतसम्म कर लगाउनेछ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आवासीय चिकित्सकद्वारा सबै अस्पतालका ओपिडी सेवा ठप्प
- आमाको मृत्यु, शल्यक्रिया गरेर निकालिएको शिशुको अवस्था सामान्य
- सात दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध
- सरकार परिवर्तनका हल्ला मनोरञ्जनका लागि मात्रै : परराष्ट्रमन्त्री राणा
- संसदमा देउवा र प्रचण्ड अनुपस्थित हुनेभएपछि ओलीको सम्बोधन स्थगित
- २४ औँ दिन पनि शिक्षकहरुको प्रदर्शन निरन्तर
- विनाशकारी भूकम्पको दशक : भत्किएका संरचना अझै अधुरा
- आज भूकम्प स्मृति दिवस
- संसद्को अधिवेशन आजदेखि, प्रधानमन्त्रीले सम्बोधन गर्ने
- तराईमा तातो हावा , तीन प्रदेशमा वर्षाको सम्भावना