अन्तराष्ट्रिय

बङ्लादेशमा रेल दुर्घटना : एकको मृत्यु आठ घाइते

एजेन्सी । बङ्गलादेशको राजधानी ढाकाको बाहिरी भाग स्थित गाजापुरीमा बुधबार रेल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  स्थानीय समय अनुसार बुधबार बिहान ४ बजे भएको दुर्घटनामा करिब आठ जना घाइते भएको स्थानीय जोयदेबपुर रेलवे स्टेशनका प्रमुख हनिफ अलीले बताउनुभयो ।