
काठमाडौँ । रुसले आगामी महिनामा अमेरिकासँग आर्थिक वार्तामा ‘प्रगति’ हुने अपेक्षा गरेको एक रूसी वार्ताकारले साउदी अरेबियामा बताएका छन् ।
साउदी अरेबियामा दुवै देशका शीर्ष अधिकारीहरूले भेट गरिरहेका छन् र वार्ताबाट क्रेमलिनले सम्बन्धको ‘पुनःस्थापना’ हुने आशा गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेदेखि र अमेरिकी अधिकारीहरूले रुसप्रतिको नीतिमा परिवर्तन सङ्केत गर्ने भाषण दिएपछि मस्कोमा वासिङ्टनले युक्रेन आक्रमणका कारण लगाइएका प्रतिबन्ध हटाउन सक्ने आशा बढेको छ ।
‘हामीसँग अर्थतन्त्रमा धेरै महत्त्वपूर्ण मार्ग छ’ रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख र वार्ताका लागि मस्कोका आर्थिक वार्ताकार किरिल दिमित्रिएभले सरकारी टेलिभिजन भन्नुभयो– ‘हामीसँग प्रस्तावहरूको शृङ्खला छ, जसको बारेमा हाम्रा सहकर्मीहरूले सोच्दैछन् र मलाई लाग्छ कि आगामी दुई–तीन महिनामा सम्भवतः यति टाढाको भविष्यमा प्रगति हुनेछ ।’
उहाँले ती प्रस्ताव के थिए वा अर्थतन्त्रबारे कुनै भविष्यका वार्ता कहिले हुनेछन् भनेर विशेष रूपमा बताउनुभएन ।
संयुक्त राज्य अमेरिकामा अध्ययन गर्नुभएका र पहिले गोल्डम्यान स्याक्समा काम गर्नुभएका दिमित्रिएभ क्रेमलिनका लागि महत्त्वपूर्ण वार्ताकारका रूपमा हेरिनुहुन्छ ।
अमेरिकाको नेतृत्वमा पश्चिमले सन् २०२२ मा युक्रेनमा सेना पठाउँदा रुसमाथि प्रतिबन्ध लगाएको थियो ।
मस्कोले तीन वर्षमा आफ्नो सेनामा व्यापक रूपमा खर्च बढाएको छ । यसबाट रुसलाई मन्दीबाट बचाउन मद्दत गरेको छ तर घरमा उच्च मुद्रास्फीति र असन्तुलन निम्त्याएको छ ।
विशेषज्ञहरूले सेना र हतियारमा यस्तो उच्च खर्च लामो समयसम्म दिगो नहुने बताएका छन् ।
तर दिमित्रीभले पश्चिम यसको आफ्नै प्रतिबन्ध नीतिको मुख्य सिकार हो भन्ने क्रेमलिनको भनाइलाई दोहो¥याउनुभयो । ‘वार्ता शुरु गर्नु र प्रतिबन्धले रुसभन्दा अमेरिकी कम्पनीहरूलाई बढी असर गरेको भन्नु महत्त्वपूर्ण छ’ उहाँले भन्नुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै