
काठमाडौँ। नवनियुक्त उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नवगठित सरकारले राजनीतिक स्थिरता, व्यवस्थित सहरी विकास र सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
सिंहदरबारस्थित सहरी विकास मन्त्रालयमा पदबहालीपछि सञ्चारकर्मीको जिज्ञासामा उपप्रधानमन्त्री सिंहले अस्थिरताबाट गुज्रिरहेको राष्ट्रिय राजनीतिलाई स्थिरता र स्थायित्व प्रदान गर्न संसद्मा रहेका ठूला दुई दलबीचको सहमतिमा सरकार गठन भएको प्रतिक्रिया दिनुभयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, “मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका सहरलाई जनताको चाहनाअनुरुप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाइने छ ।” विगतमा जनअपेक्षाअनुरुप काम भएन भन्ने गुनासालाई अन्त्य गर्न ठूला दल मिलेर बनेको वर्तमान सरकारले विशेष ध्यान दिने उल्लेख गर्दै उहाँले जनहितका काम र सेवाप्रवाहलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँ मन्त्रालय पुग्नुहुँदा सचिव मणिराम गेलाललगायत कर्मचारीले स्वागत गर्नुभएको थियो ।
विद्यार्थी राजनीतिदेखि उपप्रधानमन्त्रीसम्म
नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंह र मङ्गलादेवी सिंहका सुपुत्रका रुपमा सिंहको जन्म २०१२ वैशाख १ गते काठमाडौँमा भएको हो । विज्ञान विषयमा स्नात्तकोत्तर उहाँ २०३० सालदेखि नेपाल विद्यार्थी सङ्घको राजनीतिमा प्रवेश गर्नुभएको थियो ।
नेपाली कांग्रेस काठमाडाँै जिल्ला कार्यसमितिको नेतृत्व गर्दै पार्टी केन्द्रीय सदस्य बन्नुभएका सिंहले नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको जिम्मेवारी समेत सम्हाली सक्नुभएको छ । उहाँले यसअघि जनसङ्ख्या तथा वातावरण, स्थानीय विकास, भौतिक पूर्वाधार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत नेतृत्व सम्हाली सक्नुभएको छ । पछिल्लो समय नेता सिंह काठमाडौँ क्षेत्र नं १ बाट लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन