
काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारमा मन्त्री ११ जना मात्रै हुने भएका छन् । अन्तरिम सरकारको प्रधानमन्त्री कार्कीले आफू नेतृत्वको मन्त्रिमण्डल बढीमा ११ सदस्यीय हुने जानकारी गराउनुभएको छ ।
एक दशकअघि खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्रिमण्डल ११ सदस्यीय बनाइएको थियो । प्रधानमन्त्री कार्कीलेले पनि त्यही मोडल अनुसारको मन्त्रिमण्डल बनाउन लाग्नुभएको हो ।
प्रधानमन्त्री कार्कीलेले बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै वर्तमान सरकारमा मन्त्रीहरूको सङ्ख्या ११ भन्दा बढी नहुने बताउनुभएको छ । ‘मन्त्रीहरू पनि कुनै राजनीतिक दल निकटका हुँदैनन्, गैरराजनीतिक र कुनै संस्थामा काम गरेकालाई ल्याउँछौँ, त्यस्ता व्यक्ति खोजिरहेका छौँ, चुनाव नलड्ने व्यक्तिलाई मात्रै मन्त्री बनाउँछौँ’, कार्कीले भन्नुभएको छ ,
कार्की नेतृत्वको मन्त्रिपरिषद्मा यसअघि तीन जनाले कार्यभार सम्हालिसकेका छन् । अर्थमन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ नियुक्त हुनुभएको छ । प्रधानमन्त्री कार्कीले सम्बन्धित क्षेत्रका व्यक्तिहरु समेटेर मन्त्री थप्ने योजना बनाउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण