
काठमाडौँ । साता कारोबारको पहिलो दिन उच्च रुपमा बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो अंकले घटेको छ ।
नेप्से परिसूचक सोमबार १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो । आज ३ सय ३२ कम्पनीको दुई करोड ५० लाख ७९ हजार ७९ कित्ता शेयर एक लाख दुई हजार तीन सय ७२ पटक खरिदबिक्री हुँदा आठ अर्ब ७३ करोड १४ लाख ३६ हजार ३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज जलविद्युत् समूह शून्य दशमलव ७३, लगानी एक दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १२ र म्युचुअल फण्ड एक दशमलव ६७ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।
बैंकिङ एक दशमलव ४८, विकास बैंक एक दशमलव ८९, वित्त शून्य दशमलव ५२, होटल तथा पर्यटन एक दशमलव ७६ र जीवन बीमा समूह एक दशमलव ६५ प्रतिशतले घटेको छ । लघुवित्त एक दशमलव ४१, निर्जीवन बीमा शून्य दशमलव ९१, व्यापार शून्य दशमलव ५२ र अन्य समूह एक दशमलव १९ प्रतिशतले घटेको छ ।
सिभिल बैंक डिभेञ्चर–२०८८ र माण्डु हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जानकी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ३७ अर्ब आठ करोड ७२ लाख पाँच सय ८९ रुपैयाँ बराबरको २१ लाख ७४ हजार सात सय २८ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै