
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौँथो पटक प्रधानमन्त्रीको शपथ खाएपछि पार्टीका शीर्ष नेता सम्झनु भएको छ ।
नवनियुक्त प्रधानमन्त्री आज ओलीले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि नेपाल कम्युनिष्ट पार्टीका ३ शीर्ष नेताको सम्झना गर्दै तस्बिरमा माल्यार्पण गर्नुभएको छ । प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय कार्यालय पुगि उहाँले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी तथा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीको तस्बिरमा माल्यापर्ण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीसँगै पार्टी कार्यालय पुग्नुभएका नवनियुक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानविर राई र सामान्य प्रशासन तथा सङ्घीय मामिलामन्त्री रामकुमार गुप्तासमेतले उहाँहरुको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।
माल्यार्पणपछि प्रधानमन्त्री ओलीलाई एमालेका नेता तथा कार्यकर्ताले पुष्पगुच्छा, खादासहित बधाई तथा शुभकामना दिनुभएको थियो । सो अवसरमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल लगायत पार्टीका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री ओलीलाई बधाई दिनुभएको थियो । त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरस्थित सहिदहरुको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै