
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताउनुभएको छ ।
उहाँको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपालको विकास प्रक्रियालाई गति दिने तथा आर्थिक समृद्धिको आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई गति दिने र रोकिएका काम यस अवधिमा सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभयो ।
ढल्केबर इनरुवा चार सय केभी प्रसारण लाइन, डेढ दर्जन बढी सबस्टेसन तथा प्रसारण लाइन सम्पन्न भएको जानकारी दिँदै मन्त्री बस्नेतले अन्य केही कार्यक्रम यसबीचमा सम्पन्न भएका बताउनुभयो । ऊर्जा मिश्रण अवधारणाअनुसार आठ सय मेगावाट क्षमताको सौर्य परियोजना अगाडि बढाइएको र त्यसलाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउन लागिएको उहाँको भनाइ छ ।
राष्ट्रिय गौरवका आयोजनालाई गति दिने, सञ्चालनमा रहेका सिँचाइ आयोजनाको क्षमता विस्तार तथा थप १० लाख हेक्टर क्षेत्रमा सिँचाइ पुर्याउने लक्ष्यका साथ काम अगाडि बढाइएको र त्यसले आगामी केही वर्षमा परिणाम देखिने मन्त्री बस्नेतले उल्लेख गर्नुभयो । उहाँले सामूहिक भावनाका साथ काम गर्ने तथा गराउन प्रयत्न गरिएको उल्लेख गर्दै ऊर्जा विकास कार्ययोजना, माथिल्लो अरुण, दूधकोशी जस्ता आयोजना अगाडि बढाउन अन्तिम चरणमा पु¥याइएका बताउनुभयो । मन्त्री बस्नेतले आगामी दिनमा फरक भूमिकामा रहे पनि आफूले अगाडि बढाएका कामलाई गति दिन साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी र जल तथा ऊर्जा आयोगका सचिव केशवकुमार शर्माले मन्त्री बस्नेतको कार्यकालमा भएका काम कारबाही उल्लेखनीय र रणनीतिक महत्वका रहेका तथा यसले समग्र क्षेत्रको विकासमा महत्व राख्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै