
काठमाडौँ । उपप्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गृह मन्त्रालयमा आफ्नो नजर सधैँ रहने बताउनुभएको छ ।
पुष्पकमल दाहाल प्रचण्ड सरकार ढलेपछि आइतबार आयोजित विदाइ कार्यक्रममा उपप्रधानमन्त्री लामिछानेले गृह मन्त्रालयको कामकारबाहीलाई रास्वपाले नजिकबाट हेरिरहने टिप्पणी गर्नुभयो ।
गृह सचिव, सुरक्षा निकायका प्रमुखहरु उपस्थित आयोजित कार्यक्रममा लामिछानेले ठूला दल मिल्दा अपराध अनुसन्धानमा कुनै प्रभाव नपरोस् भनेर खबरदारी समेत गर्नुभयो । ‘कयौं कुरा बाहिर आएका थिए, सरकार परिर्वतनसँगै सामसुम देखिन्छ’ उहाँले भन्नुभयो– ‘नेपाल प्रहरीले र सीआईबीले तदारुकताका साथ काम गरोस् ।’
उपप्रधानमन्त्री लामिछानेले भूटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेसँगै मन्त्रिपरिषदबाट निर्णय गराउँछु भनेको अडियो बाहिर आएको उल्लेख गर्नुभयो । ‘अडियो, अरु थुप्रै कुराले पुष्टि हुने ठाउँ प्रशस्त थिए ’ उहाँले भन्नुभयो –अनुसन्धानका दुई कुनै शक्ति केन्द्रमा पुग्दा तपाईंहरुको हात नकामोस् ।’
उपप्रधानमन्त्री लामिछानेले ‘टीकापुर घटनाको अनुसन्धानमा कमी नआओस्’ प्रतिपक्षमा बसेर नियालिरहने बताउनुभयो । आफ्नै मेरो विषयमा अहिले धेरै कुरा उठेको र भोलि पनि उठ्ने लामिछानेको भनाई छ । ‘मैले आजसम्म आफ्ना विषयमा न यो गर्नुस्, त्यो गर्नुस् भनेको छु न मेरो फाइल कहाँ रहेछ भनेर कुनै माध्यमबाट खोजेको छु’ उहाँले भन्नुभयो– आफ्नै गृहमन्त्रीलाई हत्कडी लगाउन सक्ने साहस भरेको छु । मन्त्री भएकै कारण अठ्यारो परेको रहेछ भने आजैबाट गहन अध्ययन अनुसन्धान गर्नुस् ।’
उपप्रधानमन्त्री लामिछानेले आफूअब प्रतिपक्षमा रहने बताउँदै सुरक्षा निकायलाई नयाँ तरिकाले चल्न आग्रह गर्नुभयो ‘प्रतिपक्षमा छु यसपटक विशेष जिम्मेवारीका साथ हुनेछ किनकी दुई ठूला दलहरु मिलेका छन्’’ उहाँले भन्नुभयो –आफूले सबैभन्दा बढी चासो दिएर हेरेको गृह मन्त्रालयमा मेरो आँखा (नजर) मेरो मन २४ घन्टा रहिरहनेछ । गल्ती कहाँ गर्छ भनेर होइन, केके असल काम गर्न आँट गरेछ भनेर हेरिरहने छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन