
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिको औचित्य र आवश्यकताप्रति आशङ्का व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा उहाँले संसद्भित्रका दुई ठूला दलबीच नयाँ सरकार गठन गर्ने भएको सहमति राष्ट्रिय सहमति नभएको जिकिर गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले अहिले संविधान परिमार्जन र संशोधनको आवश्यकता देखाएर सत्तास्वार्थका लागि सहमति गरिएको आरोप लगाउनुभयो । “संविधान जोगाउने नाममा कसलाई जोगाउन खोजिएको हो, त्यो सहमतिपत्र आएपछि खुल्ला तर आजको दिनमा संविधान जोगाउन यो सहमति भएको कम्तीमा पनि म र मेरो पार्टी स्वीकार्न तयार छैन”, उहाँले भन्नुभयो, “हामीलाई आशङ्का छ । एकाएक सहमतिमा पुग्नुपर्ने अवस्था कसरी आयो ?”
प्रधानमन्त्री दाहालललाई आफ्नो दलले विश्वासको मत दिने बताउँदै उहाँले राजनीतिक इमान छाडेर नेकपा (एमाले) सरकार परिवर्तनमा लागेको आरोप लगाउनुभयो । गृहमन्त्री लामिछानेले दुई ठूला दल एकठाउँमा आउँदा शक्ति पृथकीकरणमा सङ्कट आउन सक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले देशमा प्राकृतिक विपक्ति परेका बेला सरकार गिराउने काममा राजनीतिक दलको मुख्य कार्यभार हुनु अशोभनीय भएको धारणा राख्नुभयो ।
उपप्रधानमन्त्री लामिछानेले सरकार परिवर्तनको माहोलबीच पनि रास्वपाका मन्त्रीहरू अन्तिमसम्म आफनो जिम्मेवारीमा डटेर लागिपरेका बताउनुभयो । उहाँले सहकारी रकम दरुपयोग सम्बन्धमा छानबिन गर्न गठित समितिमा नयाँ बन्ने सत्तागठबन्धन दलको बहुमत पुग्ने भएकाले आफूलाई दोषी प्रमाणीत गर्नसक्ने आशङ्का व्यक्त गर्नुभयो । “भ्रष्टाचारका फाइल खोल्न थालेको २४ घण्टामा सरकार परिवर्तन गर्ने काम भयो, अब त तपाईहरूको संसदीय समितिमा पनि बहुमत हुने भयो । मलाई मलाई ठग प्रमाणीत गर्न आपत पनि पर्दैन होला, गर्नुहोस् । यो देशमा कोही न कोही त जेल जानैपर्छ, सुरुआत मबाट गर्नुहोस । म तयार छु तर सत्यबाट विमुख हुनेवाला छैन”, उहाँले भन्नुभयो ।
सभापति लामिछानेले रास्वपाले प्रतिपक्षका रूपमा सुशासन र समुन्नतिका विषयमा नयाँ सरकारले चाल्ने कदममा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन