
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाढीपहिरामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
अध्यक्ष नेपालले आज एक विज्ञप्ति जारी गर्दै केही दिनदेखि वर्षाका कारण बाढीपहिरोले देशका विभिन्न भागमा हालसम्म ८० जनाको निधन तथा पाँच जना बेपत्ता र ९७ जना घाइते भएकामा दुःख व्यक्त गर्नुभएको हो ।
प्राकृतिक विपत्तिका कारण दुई हजार सात सय ६४ घरपरिवार विस्थापित भएको तथा कयौँ भौतिक संरचना, लाखौँको अन्नबाली र ठूलो सङ्ख्यामा पशुचौपाया नष्ट भएको बताउँदै उहाँले पीडितलाई तत्काल उद्धार र राहत प्रदान सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
हाल देशमा भइरहेको बाढीपहिरोलगायत विपद् व्यवस्थापनमा तत्काल खट्न सरकारलाई आग्रह गर्दै अध्यक्ष नेपालले बाढीपहिरो र डुबानबाट पीडितलाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेका उपचार र मृतकका परिवारलाई आर्थिक सहयोगलगायत कार्य प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा सञ्चालन गर्न माग गर्नुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले आगामी दिनमा समस्या अझै गम्भीर हुने सम्भावना रहेकाले राज्यका सम्पूर्ण निकायहरू, जनप्रतिनिधि तथा आम जनसमुदायले प्राकृतिक विपत्तिमा आआफ्नो ठाउँबाट पीडित समुदायको उद्धार र राहत वितरणमा सक्रियताका साथ योगदान गर्न सम्पूर्ण पार्टी, जनसङ्गठन, जनप्रतिनिधि, पार्टी सदस्यहरू तथा सङ्घसंस्थालाई आह्वान गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण