
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले साङ्गठनिक कार्ययोजना परिमार्जनसहित पारित गरेको छ ।
एमालेको केन्द्रीय सङ्गठन विभागको अठारौँ बैठकले पार्टी शुद्धीकरण तथा सुदृढीकरणका काममा केन्द्रित हुनेगरी सङ्गठनसम्बन्धी वार्षिक कार्ययोजना पारित गरेको हो । पार्टीको केन्द्रीय कमिटीद्वारा जारी हुने वार्षिक कार्ययोजनाबाट निर्देशित भएर अन्तिम रूप दिनेगरी विभागको बैठकमा प्रस्तुत कार्ययोजना छलफलपछि परिमार्जनका साथ पारित गरिएको विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिनुभएको छ ।
असार २५ र २६ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रमुख आतिथ्यमा भएको विभागको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शङ्कर पोखरेल उपस्थित हुनुहुन्थ्यो ।
एमालेमा गत जेठसम्ममा नेकपा (एमाले) का ६६ जिल्ला, ३ सय ७१ पालिका र २ हजार १ सय ९९ वडा अधिवेशन सम्पन्न भइसकेका छन् । त्यसैगरी गैरभौगोलिक १० जिल्ला, एक सय १५ इलाका र एक सय ६६ शाखा तहका पार्टी कमिटीका अधिवेशन सम्पन्न भइसकेका छन् ।
एमालेको बुधबार सम्पन्न सचिवालयको बैठकले आगामी कात्तिकभित्र बाँकी ११ जिल्लाको अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण