
काठमाडौँ । नेकपा एमालेले संविधानको धारा ७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता नभएको बताएको छ । एमाले सचिवालय बैठकले गरेको निर्णय सुनाउने क्रममा एमाले नेता प्रदीप ज्ञवालीले अहिले संविधानको धारा २ कि ३ भनेर चलाइएको चर्चा उचित नभएको धारणा राख्नुभयो ।
‘७६ को २ अनुसार सरकार गठन गर्न कुनै जटिलता छैन’, उहाँले भन्नुभयो, ‘अहिले उपधारा ३ कि २ भनेर चलाइएको चर्चा भ्रम फिजाउनका लागि मात्र भएको हो ।’
उहाँले यो भन्दा अगाडि नै पटक पटक संसदीय अभ्यासमा प्रयोग भसैको पनि बताए । ‘२०७८ साल बैशाखमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासको मत माग्नुभयो । नेकपा एमालेकै कतिपय सदस्यहरुको अनुपस्थितिका कारण त्यो बेला विश्वासको मतको पक्षमा बहुमत पुगेन, उहाँले राजीनामा गर्नुभयो ।’ राजीनामा गरेपछि तत्कालीन राष्ट्रपतिले फेरि ७६ ९२० अनुसारकै सरकार बनाउन दलहरुलाई आहन गर्नुभएको थियो ।’ तर त्यसबेला राष्ट्रपतिले दिएको समयभित्र कसैको पनि माग दावी भएको थिएन । त्यसपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त गरिएको थियो ।
त्यस्तै एमालेले संघीय सरकारमा त्यसबेला र अहिले भर्खरै कोशी प्रदेश सरकारको हकमा पनि सर्वोच्च अदालतले एउटै धाराबाट पनि पटक पटक सरकार बन्न सक्छन् भन्ने प्रस्ट पारिसकेको बताउनुभयो । ‘त्यसैले कुनैपनि संवैधानिक जटिलता छैन । ख्याल गर्नुपर्ने कुरा के हो भने निर्वाचन भैसकेपछि ति धाराहरु क्रमश प्रयोग हुदै जान्छन्’, उहाँले भन्नुभयो, ‘जानी जानी भ्रम फैलाउन खोजिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण