
मकवानपुर। नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । संघमा नेपाली कांग्रेससँग सहकार्यमा सरकार बनाउने तयारी भएपछि एमाले प्रदेशमा पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट अलग भएको हो ।
त्यही क्रममा एमाले नेकपा माओवादी केन्द्र नेतृत्वको बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता दिँदै बाििरएको हो । एमालेबाट आर्थिक मामिला तथा योजनामन्त्री बन्नुभएका जगन्नाथ थपलियासहित ५ मन्त्रीले सोमबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाउनुभएको छ । एमाले बागमती प्रदेश संसदीय दलका नेता समेत हनुभएका थपलियासहित ५ मन्त्रीले हेटौंडा–२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर संयुक्त रुपमा राजीनामा बुझाउनु भएको हो ।
जम्कट्टेल नेतृत्वको प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिला मन्त्री थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ , वन तथा वातावरणमा मन्त्रालयमा केशव पोखरेल, स्वास्थ्य मन्त्रालयमा रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानी मन्त्रालयमा एकालाल श्रेष्ठ हुनुहुन्थ्यो ।
एमालेले सरकार छाडेपछि मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा पर्नुभएको छ । मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाबाट फेरि विश्वासको मत लिनु पर्ने अवस्था आएको छ । तर बागमती प्रदेशमा कांग्रेस र एमालेको समर्थन बिना मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने स्थिति छैन । माओवादीको केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले राजीनामा नदिने र विश्वासको मत लिने निर्णय गरेको छ । माओवादीका मुख्य सचेतक रत्नप्रसाद ढकालले बैठकमा विश्वासको मत लिने निर्णय भएको तर मिति भने नतोकिएको जानकारी दिनुभएको छ ।
नयाँ सत्ता समीकरण बनेसँगै बागमतीमा अब चौथो पटक एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउने तयारी छ । नयाँ गठबन्धनमा बागमतीको मुख्यमन्त्री कांग्रेसले दाबी गरिरहेको छ । कांग्रेसबाट संसदीय दलका नेता बहादुर सिं लामा मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ । लामा यसअघिको सरकारमा एक वर्ष आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण