
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ ।
एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई अविलम्ब राजीनामा दिन माग गर्ने निर्णय गरेको हो । बैठकको निर्णयबारे जानकारी दिँदै संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले अल्पमतमा परेको काम चलाउ सरकारले अविलम्ब राजीनामा दिनुपर्ने निर्णय संसदीय दलले गरेको जानकारी दिनुभयो ।
‘सरकार अल्पमतमा परेको छ, काम चलाउन सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय राजीनामा नदिइ पदमा बस्नु अनुचित हो प्रमुख सचेतक बर्तौलाले भन्नुभयो– ‘काम चलाउ सरकारलाई कुनै पनि महत्वपूर्ण निर्णय नगर्न बैठकले आग्रह गरेको छ, नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरिएको छ ।’ जनमत गुमाइसकेको सरकारले मुलुकलाई दुरगामी असरपर्ने निर्णय गर्नु संविधानविपरीत हुने भन्दै बैठकले सरकारलाई सचेत गराएको उहाँले जानकारी दिनुभयो ।
‘हाम्रो दलको बैठकले आजै तत्काल राजीनामा दिन माग गरेको छ’ प्रमुख सेचतक बर्तौलाले भन्नुभयो– ‘प्रधानमन्त्रीले असार २८ प्रतिनिधिसभामा विश्वासको प्रस्ताव प्रस्तुतिका लागि सङ्घीय संसद्लाई पत्र पठाउनुभएको छ, यदि उहाँले राजीनामा नदिएमा एमालेले प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।’
असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएको थियो । त्यो सहमतिपछि एमालेले असार १९ गते वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सबै मन्त्री सरकारबाट बाहिरिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण