
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाउनुभएको छ ।
राष्ट्रियसभाको असार २० गतेको बैठकमा अपाङ्गता भएका व्यक्तिलाई ‘लुला’, ‘लङ्गडा’ शब्द प्रयोग गरेर उनीहरुलाई अपमानित गरिएको बताउनुभयो । साथै उहाँले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गर्नुभयो । उहाँले त्यस दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोध गर्नुभयो ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भएनभएको निक्यौल गरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण