
कर्णाली । कर्णाली प्रदेशका सञ्चारकर्मीलाई संसदीय रिपोर्टिङसम्बन्धी क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको छ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा संसदीय मामिला पत्रकार समाज, सुर्खेतको समन्वयमा क्षमता अभिवृद्धि प्रशिक्षण दिइएको हो ।
प्रशिक्षण कार्यक्रम आज उद्घाटन गर्दै मन्त्रालयका सचिव रविलाल शर्माले उन्नत लोकतन्त्र, सभ्य एवं समृद्ध समाजका लागि वस्तुनिष्ठ पत्रकारिता आवश्यक रहेको बताउनुभयो । ‘पत्रकारिता संवेदनशील क्षेत्रको हो’ उहाँले भन्नुभयो– ‘हरेक कुरामा पत्रकार संवेदनशील हुनुपर्दछ । यसका लागि अध्ययन आवश्यक छ ।’
प्रदेशसभा सञ्चालन नियमावली, कार्यविधि र ऐनका विषयमा सही तरिकाले समाचार सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्दै सचिव शर्माले नागरिकका आवाज सरकारसँग र सरकारका गतिविधि नागरिकसम्म पुर्याउन पत्रकारको अहम् भूमिका रहने बताउनुभयो ।
प्रशिक्षक रामकृष्ण भण्डारीले संसदीय पत्रकारिताको इतिहास र विकासक्रमका विषयमा सहभागीलाई प्रशिक्षण दिनुभयो । उहाँले संसदमा पत्रकारको भूमिका कस्तो हुने भन्नेबारेमा पनि प्रष्ट्याउनुभयो । नेपालमा संसदीय पत्रकारिताको सुरुआत र त्यसले आजसम्म आइपुग्दा खेलेको भूमिकाका विषयमा उहाँले जानकारी दिनुभयो ।
प्रदेशसभा सचिवालयका कानुन उपसचिव अर्जुन भुसालले प्रदेश तहको कानुन निर्माणको प्रक्रिया, प्रत्यायोजित अधिकार, विधेयकको प्रकार, सङ्घ, प्रदेश तथा स्थानीय तह (समन्वय तथा अन्तरसमन्वय) ऐन, २०७७ र विधेयक तर्जुमका लागि १३ बुँदे अवधारणापत्रबारे जानकारी दिनुभयो ।
उहाँले सरकारी तथा गैरसरकारी विधेयक, त्यसका प्रकृति, स्वरुप र विशेषताका बारेमा समेत अवगत गराउनुभएको थियो । प्रशिक्षणमा कर्णालीका ४१ सञ्चारकर्मीको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै