
बागलुङ । नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख रुपैयाँ सङ्कलन भएको छ ।
कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार १८ लाख २६ हजार रुपैयाँ सङ्कलन भएको छ । त्यो रकम भने चालु वर्षकै सबैभन्दा थोरै हो । गत महिना वैशाखमा मात्रै कालिका भगवती गुठी व्यवस्थापन समितिले ५८ लाख २४ हजार रुपैयाँ सङ्कलन गरेको थियो ।
कालिका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार जेठमा १८ लाख २६ हजार आम्दानी र १० लाख २१ हजार खर्च भएर ८ लाख ५ हजार रुपैयाँ बचत भएको बताउनुभयो । खड्काले बागलुङ कालिका भगवती मन्दिर दर्शन गर्न आउने श्रद्वालु भक्तजनलाई बास बस्नका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गा नजिकै धर्मशाला निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) निर्माण गर्न थालिएको उहाँले जानकारी दिनुभयो । उहाँले मन्दिरको भेटीबाट धर्मशाला निर्माण गरिनेछ ।
जेठमा भक्तजनले मन्दिरमा चढाएको भेटी ११ लाख ९६ हजार २ सय ६५, सटर भाडाबाट ३ लाख ६ हजार ४ सय, आर्थिक सहयोग बापत ५६ हजार ६ सय ८३, परेवा बिक्रीबाट २ लाख ४० हजार ७ सय ५०, चामल बिक्रीबाट ९ हजार, बोकाको टाउको बिक्रीबाट ११ हजार ९ सय, कुखुरा बलिबाट ९ सय, राँगा बलिबाट ३ हजार ६ सय, विवाहबाट १ हजार र पण्डितबाट ४ सय रुपैयाँआम्दानी गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
जेठमा कर्मचारीको तलबभत्तामा चार लाख ३४ हजार, विद्युत्मा २९ हजार पाँच सय ८०, अतिथि सत्कारमा ४६ हजार, उपहार ९ हजार, पूर्वाधारतर्फ २ लाख ३६ हजार, पूजा खर्च ५५ हजार, जग्गा व्यवस्थापन १ लाख ५० हजार, खाद्य तथा आवास ५७ हजार र विज्ञापनमा ५ हजार रुपैयाँ खर्च भएको अध्यक्ष खड्काले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन