
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतका नवनियुक्त समकक्षी वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयल र पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदीप एस पुरीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
उद्योगमन्त्री गोयललाई आज बधाई सन्देश पठाउँदै उहाँले नेपाल र भारतबीच मित्रता, गहिरो सामाजिक, सांस्कृतिक सम्बन्ध र जनता–जनताबीचको घनिष्ट सम्पर्क तथा सहयोगका बहुआयामिक क्षेत्र समेट्नेमा आशावादी रहेको उल्लेख गर्नुभएको छ ।
मन्त्री भण्डारीले भन्नुभएको छ– ‘वाणिज्य र उद्योगका क्षेत्रमा अझ प्रस्ट रूपमा म विश्वस्त छु कि तपाइँको आगामी कार्यकालमा दुई देशबीचको बढ्दो व्यापार र लगानीलगायत आर्थिक सहयोग र साझेदारी नयाँ उचाइमा पुग्नेछ, हाम्रो द्विपक्षीय व्यापार तथा लगानी सम्बन्ध र सुदृढ सहयोग अभिवृद्धि साझा हितका विषय बहुपक्षीय र क्षेत्रीय फोरममा स्वीकार हुनेछन् ।’
प्राकृतिक ग्यासमन्त्री पुरीलाई पठाइएको बधाई सन्देशमा मन्त्री भण्डारीले व्यापार र लगानीमा विद्यमान पारस्परिक लाभकारी सहयोग तथा साझेदारी दुई छिमेकी मुलुकको आर्थिक विकास र समृद्धिलाई अगाडि बढाउनका लागि महत्वपूर्ण रहने विश्वास व्यक्त गर्नुभएको छ ।
भण्डारीले भन्नुभएको छ– ‘हाम्रो निरन्तर विस्तार भइरहेको द्विपक्षीय व्यापार र लगानी सम्बन्धलाई थप गति दिन तत्पर छु ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन