
काठमाडौँ । राष्ट्रियसभा सदस्यहरुले २७ दिनदेखि माइतीघर मण्डलामा आन्दोनरत चुरेवासीको माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले मधेसवासी चुरे बचाउः तथा खानेपानीको माग राख्दै धर्नामा बसिरहेको उल्लेख गर्दे उनीहरुको माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराउनुभयो ।
सांसद आनन्दप्रसाद ढुङ्गानाले मधेसवासी पानीको माग गर्दै माइतीघर मण्डलामा धर्ना बसे पनि खानेपानीको विषयमा र चुरे दोहन नियन्त्रणका लागि सरकार गम्भीर नरहेकामा असन्तुष्टि जनाउनुभयो । ‘चुरे दोहनका कारण मधेसमा खानेपानीको अभाव भइरहेको, यसमा सरकारको ध्यान जाओस’ उहाँले भन्नुभयो ।
सांसद किरणबाबु श्रेष्ठले सरकारी कर्मचारीहरु न्यून तलबमा काम गरिरहेको उल्लेख गर्दै यस वर्ष पनि तलब नबढेकोमा असन्तुष्टि जनाउनुभयो । सांसद पदमबहादुर परियारले स्वास्थ्य बीमा कार्यक्रम सफल भए पनि तर बीमा गराउने कर्मचारीले प्रोत्साहन रकम पाउन नसकेको गुनासो गर्नुभयो । सांसद रुक्मिणी कोइराला ताप्लेजुङमा बाढीपहिरोको कारण मुत्यु भएका परिवारलाई आवश्यक राहत उपलब्ध गराउन माग गर्नुभयो ।
सांसद रेणु चन्दले कर्मचारीहरुलाई अतिरिक्त काम गरेबापत प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुकुमारी सापकोटाले १२ दिनदेखि छोरीको न्यायको खोजीमा अनशनरत रुवी खानको जीवनरक्षाको माग गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन