
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियतालाई बलियो बनाउन सबै समुदायको सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको छ ।
इस्लाम धर्मालम्बीको पर्व बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको नेपाली समाजमा सबै जाति समुदायका पर्व, संस्कृतिको जगेर्नाबाट एकापसमा सद्भाव तथा भ्रातृत्व कायम भइ सामाजिक एकता अभिवृद्धि हुने उल्लेख गर्नुभयो ।
‘हाम्रा पहिचान निर्माणका लागि चाडपर्वको उल्लेखनीय भूमिका रहेकाले तिनको संरक्षण तथा प्रवर्द्धन गर्नुपर्छ, यिनै विविध विशेषताका कारण विश्वमा हाम्रो छुट्टै पहिचान बनेको छ’ अध्यक्ष नेपालको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
पारिवारिक मिलनको पर्व बकर इदका अवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको शुख, शान्ति र प्रगतिको कामना गर्दै उहाँले नेपाली समाजमा विद्यमान सबै प्रकारका विभेद, विकृति र विसङ्गतीको अन्त्य गरी समतामूलक एवं सुसंस्कृत समाज निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाली समाजलाई एकताबद्ध गरी एकापसमा पारस्परिक सम्मान, सह अस्तित्व, सद्भाव र एकताको भावनालाई स्थापित गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष नेपालले मानव सभ्यताको विकाससँगै जोडिएका सम्पूर्ण जातजातिका चाडपर्व, भाषा, साहित्य, कला र संस्कृतिले मुलुकलाई सांस्कृतिकरूपमा सम्पन्न बनाउने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन