
काठमाडौँ । केही दिनदेखि उकालो लागिरहेको सुनको भाउ आज भने घटेको छ । सुनको भाउ सोमबार प्रतितोला ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार, आइतबार प्रतितोला १ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ लाख ४२ हजार २ सय रुपैयाँमा झरेको छ । आइतबार प्रतितोला १ लाख ४२ हजार १ सय रुपैयाँमा किनबेच भएको तेजावी सुन आज १ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदीको भाउ समेत घटेको छ । आइतबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँँमा कारोबार भएको चाँदी आज १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन