
काठमाडौँ । नेपाल–भारतबीचको सामाजिक र आर्थिक सम्बन्धलाई थप विस्तार गर्दै दुवै देशको समृद्धिका लागि सरकार र जनस्तरबाट पहल हुनुपर्नेमा जोड दिइएको छ ।
‘एशोसिएशन फर इकोनोमिक ग्रोथ’ र ‘अर्गनाइजेशन फर कमर्श एण्ड इन्ड्रष्ट्री फोरम’द्वारा आइतबार काठमाडौैँमा आयोजित ‘इन्डो नेपाल फ्रेन्डसिप ब्याङ्क्युट–२०२४’ का अवसरमा सहभागी वक्ताले विश्व अर्थतन्त्रको चुनौतीको सामना गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यापार र व्यवसायका विद्यमान समस्याको पहिचान गरी समाधानमा लाग्न समेत आग्रह गरेका छन् ।
कार्यक्रममा भारत–नेपालमैत्री सङ्घका प्रवक्ता शशीभूषण कुमारले नेपाल र भारतबीच वर्षौंदेखि आर्थिक, सामाजिक, सांस्कृतिक र साहित्यिक सम्बन्ध रहेको उल्लेख गर्दै दुई देशबीचको सीमापार आवतजावतमा कुनै प्रतिबन्ध नहुनुले आपसी सम्बन्ध प्रगाढ रहेको बताउनुभयो ।
कार्यक्रममा हाल नेपालमा बस्दै आएका बेलायती नागरिक गारी देला पोमेराइ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्वउपसचिव रामप्रसाद सुवेदी, ‘इडियु टेक नेपाल’का अध्यक्ष मदन दाइना सिलवाल लगायतले आर्थिक समृद्धिका सवालमा आफ्ना अनुभव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा भारतको विहारस्थित ‘हबी बेल्स–आइसक्रिम वैशाली’का प्रबन्ध निर्देशक शत्रुधन चौधरीलाई ‘गोल्ड स्टार एशिया इन्टरनेसनल अवार्ड’ प्रदान गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन