
काठमाडौँ । सहकारीको रकम दुरुपयोग सम्बन्धमा छानविन गर्न गठित संसदीय विशेष समितिले कार्यविधि बनाएको छ ।
समितिको आजको बैठकले सर्वसम्मत रुपमा कार्यविधि पारित गरेको समिति सदस्य लेखनाथ दाहालले जानकारी दिनुभयो । “समितिका सदस्यहरुबीच प्रस्तावित कार्यविधिमा छलफल भई सर्वसम्मतिले पारित भएको छ । सोही आधारमा अनुसन्धान अघि बढ्नेछ”, उहाँले भन्नुभयो ।
समिति सदस्य शिशिर खनालका अनुसार पहिलो चरणमा सम्बन्धित मन्त्रालय र विभागसँग छलफल गरिनेछ । त्यसका लागि आगामी मङ्गलबारका लागि बैठक बोलाइएको छ । उक्त बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, सहकारी विकास बोर्ड पदाधिकारीलगायतलाई छलफलका लागि डाकिएको छ । कूल २९ वटा सहकारीको लिखित प्रतिवेदनसहित छलफल हुने जनाइएको छ ।
कार्यविधि पारित भएसँगै मङ्गलबारदेखि नियमित काम शुरु हुने जनाइएको छ । गत जेठ १५ गते गठन भएको समितिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद सूर्य थापा सभापति हुनुहुन्छ । नेपाली कांग्रेसबाट सह–महामन्त्री बद्रीप्रसाद पाण्डे र केन्द्रीय सदस्य एवं सांसद ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधान सदस्य रहनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन