
टेक्सास (अमेरिका) । यस वर्षको विश्व रक्तदाता दिवस शनिबार अमेरिकाको टेक्सासमा रक्तदान कार्यक्रम गरी मनाइएको छ ।
हरेक वर्ष जुन १४ तारिखको दिन मनाइने विश्व रक्तदाता दिवसका अवसरमा ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास च्याप्टरले नेपाली समुदायका दुई छुट्टाछुट्टै संस्थासँग मिलेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरका अध्यक्ष अजय बगालेका अनुसार ‘वाको नेपाली समाज’सँगको सहकार्यमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ र ‘लबक नेपाली समाज’सँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा छजनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमका लागि कार्टर ब्लड केयर नामक ब्लड बैङ्कले बस तथा दक्ष जनशक्ति उपलब्ध गराएको हो । रक्तदान गर्नका लागि स्वास्थ्य परीक्षण तथा निश्चित मापदण्ड पूरा गर्नुपर्ने भएकाले योग्य व्यक्तिहरुले मात्र रक्तदान गर्न पाउँछन् ।
अमेरिकी समुदायमा रगतको अभाव हुन नदिन ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरले नेपाली समुदायका तर्फबाट योगदान पुर्याउँदै आएको अध्यक्ष बगालेले बताउनुभयो ।
‘२० वर्षको उत्सवमा, धन्यवाद रक्तदाताहरु’ भन्ने नाराका साथ आज टेक्सासको ड्यालसमा रहेका नेपाली समुदायबीच बृहत् अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरिएको ब्लड डोनर्स अफ अमेरिका टेक्सास च्याप्टरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग