
काठमाडौँ । यो साता अन्तिम दुई दिन शेयर बजारमा कारोबार रकम उल्लेख्य रूपमा बढेको छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढ्दा कारोबार पाँच अर्ब ८९ करोड रुपैयाँ नाघेको थियो । नेप्से परिसूचक आज ९ दशमलव ३२ अङ्कले घट्दा कारोबार करिब ६ अर्ब ५० करोड रुपैयाँ नजिक पुगेको हो ।
नेप्से परिसूचक आज शून्य दशमलव ४३ प्रतिशतले घटेर २ हजार १ सय १२ दशमलव २९ को बिन्दुमा कायम भएको छ । ३ सय १३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता शेयर, ७७ हजार ४ सय पटक खरिद बिक्री हुँदा ६ अर्ब ४४ करोड ३० लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
आजको कारोबारमा विकास बैंक समूह एक दशमलव तीन र वित्त समूह दुई दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह र व्यापार समूह समान एक दशमलव तीन प्रतिशतले घटेका छन् ।
बैंकिङ शून्य दशमलव ४३, होटल तथा पर्यटन शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव १५, जलविद्युत् शून्य दशमलव ५९ र लगानी शून्य दशमलव ६४ प्रतिशतले घटेको छ । जीवन बीमा समूहको उपसूचक शून्य दशमलव ५१, लघुवित्तको शून्य दशमलव ३८, म्युचुअल फण्डको शून्य दशमलव ११, निर्जीवन बीमाको शून्य दशमलव ८२ र अन्य समूहको उपसूचक शून्य दशमलव ८१ प्रतिशतले घटेको छ ।
समृद्धि फाइनान्स कम्पनी लिमिटेड, कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेड र साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको २८ करोड ४७ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड प्रमोटर शेयर ७लाख ५० हजार ३ सय ९४ कित्ता शेयर किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै