
चितवन । चितवनको भरतपुर महानगरपालिकामा वार्षिक ११ अर्ब ९६ करोड ९१ लाख २२ हजार रुपैयाँ बढी विप्रेषण भित्रने गरेको छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले सार्वजनिक गरेको तथ्याङ्कअनुसार उल्लेखित रकम भरतपुरबाट वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाबाट भित्रिएको विप्रेषण हो ।
सामी कार्यक्रम हेल्भेटास (नेपाल सरकारको सहकार्यमा काम गरिरहेको संस्था) की संयोजक उमा पौडेलका अनुसार एक व्यक्तिले औषतमा मासिक ३२ हजार ६ सय ४३ दशमलव ६५ विप्रेषण पठाइरहेका छन् । आएको विप्रेषणमध्ये ७३ प्रतिशत ऋण तिर्न, घरखर्च, खाद्यान्न, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेको पाइएको उहाँले बताउनुभयो ।
वैदेशिक रोजगारमा रहेका ३० हजार पाँच सय ५५ जनाका २९ हजार एक सय ७७ परिवारले एक वर्षमा करिब १२ अर्ब रुपैयाँ विप्रेषण प्राप्त गर्ने गरेका संयोजक पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार १३ प्रतिशतले बचत, छ प्रतिशतले जिन्सी सम्पत्ति जोड्ने, चार प्रतिशतले जग्गा खरिद, तीन प्रतिशतले ऋण लगानी र एक प्रतिशतले मात्र व्यवसाय सञ्चालन गरेका पाइएको छ ।
विदशेबाट फर्केर आएका दुई हजार दुई सय ७२ विभिन्न आयमूलक क्षेत्रमा रहेका भन्दै ८ हजार ९ सय ५९ जनाले केही नगरी बसेको पाइएको जानकारी संयोजक पौडेलले दिनुुभयो । एक हजार ७४ जनाले स्थानीयस्तरमा आयआर्जनसम्बन्धी विभिन्न योजना बनाएका उहाँले बताउनुभयो ।
विदेशबाट फर्केर यहाँ आएका व्यक्तिमध्ये तीन हजार तीन सय ५८ जनाले कुनै न कुनै सीप लिएर फर्केका पौडेलले बताउनुभयो । सीप भएका तर प्रमाणपत्र नभएका व्यक्तिको सङ्ख्या पनि उल्ललेख्य रहेको भन्दै उहाँले रोजगारमा रहेका कामदारमध्ये ३३ दशमलव ६१ प्रतिशतले मात्रै सीप सिकेर गएको उल्लेख गर्नुभयो । उहाँले ५५ प्रतिशतले आवश्यक सूचना तथा परामर्शसमेत लिएर विदेश जाने गएकोे जानकारी दिनुभयो ।
छयानब्बे हजार पाँच सय ९१ घर रहेको भरतपुरमा ३४ हजार पाँच सय आठ घरबाट ४१ हजार सात सय ८६ जना वैदेशिक रोजगारीमा गएका सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको तथ्याङ्कमा उल्लेख गरिएको छ । हाल ३० हजार पाँच सय ५५ विदेशमा रहेका र ११ हजार दुई सय ३१ जना नेपाल फर्किएका संयोजक पौडेलले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन