
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच अन्तरदेशीय (क्रस बोर्डर) कारोवार गर्ने सम्बन्धी सम्झौता भएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका ग्राहक तथा भारतीय ग्राहकले एक देशबाट अर्को देशमा मोबाइल बैंकिङ तथा क्यूआर कोडका माध्यमबाट कारोबार गर्न सक्नेगरी डिजिटल प्रविधिको व्यवस्था मिलाउन ती दुई संस्थाबीच सम्झौता भएको हो । यसले नेपालभित्र भारतबाट रकम प्राप्त गर्न सहज हुने भएको छ ।
यस्तो कारोबार नेपाल राष्ट्र बैंकले तोकेको सीमा र परिधिभित्र रहेर गर्न सकिने छ । नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को माध्यमबाट यस्ता कारोबारहरु हुनेछन ।
आज यहाँ आयोजित कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । त्यस अवसरमा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा दुर्गा कुमारी कंडेल र विभागीय प्रमुख ऋषिराम ढकाल उपप्रमुख दिनेश ओझा तथा एनसिएचएलका तर्फबाट चिफ अपरेटिङ अफिसर मुन्नि राजभण्डारी र मनिष पटेलको उपस्थिति रहेको थियो ।
हाल राष्ट्रिय वाणिज्य बैंकको सातवटै प्रदेशका ७७ जिल्लाका सदरमुकामसहित देशैभर रहेका दुई सय ८७ शाखा कार्यालय, तीन सय पाँच एटिएम, ९९ वटा शाखारहित बैंकिङ सेवा, ७१ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, प्वाइन्ट अफ सेल सेवा , क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेलर (बिनाचेक रकम झिक्न सकिने) इन्टरनेट बैंकिङ, परिष्कृतरुपको मोबाइल बैंकिङ (डिजिटल संसार) तथा बिनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवासमेत सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन