
काठमाडौँ । प्रतिनिधिसभाको आज बसेको बैठकले ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।
सभाको आजको बैठकमा त्यो प्रस्ताव अर्थ अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको थियो । यसअघि बैठकमा अर्थमन्त्री पुनले विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विनियोजन विधेयकमा २०८१/८२ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोष रकम खर्च गर्ने अधिकार दिन र त्यो रकम विनियोजन गर्न संसद्समक्ष पेश गर्नुपरेको बताउनुभयो ।
उहाँले सञ्चित कोषबाट चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थासमेत गरी १४ खर्ब ५७ अर्ब चार करोड ९६ लाख रुपैयाँ खर्च गर्न प्रस्ताव गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘अधिकांश विषयवस्तु साविकको अुनरुप नै आएका छन्, तर केही नयाँ विषय हामी त्यसमा समावेश गरेका छौँ ।’ मन्त्री पुनले विधेयकले विषयगत मन्त्रालयलाई बजेटको प्रभावकारी कार्यान्वयनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरु दयालबहादुर शाही, राजनकुमार केसी, हितराज पाण्डे र प्रेम सुवालले भाग लिनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन