
चितवन । बजारमा खाद्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ । निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख सौरभ श्रेष्ठका अनुसार कार्यालयले चालु आर्थिक वर्षमा खाद्य बजार अनुगमन ८० पटक, दाना बजार अनुगमन २० पटक, होटल रेष्टुराँ ४३ , खाद्य उद्योग ८२ अनुगमन गरेको थियो । दाना उद्योग १६ , हाटबजार मेला तथा महोत्सव अनुगमन सातपटक, संवेदनशील खाद्य पदार्थका उद्योग १० पटक अनुगमन गरेको छ । उहाँका अनुसार स्थानीय सरकारसँगको समन्वयमा पटकपटक संयुक्त बजार अनुगमन गरिएका कारण खाद्य स्वच्छतामा सुधार आउन थालेको हो ।
पहिला–पहिला होटलमा तेल लामो समय प्रयोग गर्ने, फ्रिजको तापक्रम नमिलाउने, कटन क्यान्डी प्रयोग गर्ने गरेकामा यसलाई रोक लगाउनेगरी काम अघि बढाएसँगै खाद्य स्वच्छतामा केही सुधार आएको पाइएको कार्यालय चितवनका सूचना अधिकारी वन्दना पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा अहिले केही सुधार भएको पाइएको छ ।
विश्व खाद्य स्वच्छता दिवसको सन्दर्भमा कार्यालयले विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन लागेको छ । सप्ताहाव्यापी रूपमा सचेतना जगाउने कार्यक्रम गर्दै छ । जसअन्तर्गत सातवटै पालिकामा सचेतनामूलक व्यानर टाँस्ने, फलफूल पकाउन प्रयोग हुने रसायनसम्बन्धी अनुगमन, उद्योग अनुगमन, सेवाग्राहीसँग अन्तक्र्रिया कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै