
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद अच्युतप्रसाद मैनालीले आर्थिक वर्ष २०८१र८२ को बजेट सकारात्मक भएको भन्दै पूर्ण समर्थन जनाउनुभएको भएको छ ।
आर्थिक वर्ष २०८१ र ०८२ राजस्व र व्ययको वार्षिक अनुमानमाथि आज भएको छलफलमा उहाँले बजेटको पूर्ण समर्थन गर्नुभयो ।
सांसद मैनालीले भन्नुभयो– ‘बजेटमा प्रस्तुत भएका कार्यक्रमहरु जनता केन्द्रित र न्यूनतम साझा विषयमा केन्द्रित छन् ।’ उहाँले बजेटमा विस्तृत छलफल हुनुपर्नेमा नभएको भन्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘१५औ योजनाको अन्त्य हुन गइरहेको छ, त्यसलाई हामीले समीक्षा गर्न सक्यौँ वा सकेनौँ, अर्थतन्त्रमा संरचनागत चुनौती बढ्दै गएको अवस्थामा यसको सुधारका उपायहरु बजेटमा प्रस्तुत भएनन्’ उहाँले भन्नुभयो ।
सांसद माधव सापकोटाले बजेटको मुख्य चुनौतीे कार्यन्वयनको पाटो भएको बताउनुभयो । बजेटलाई कार्यान्वयन गर्न सकेमा यो डेढ दशककै सफल बजेट हुने विश्वास व्यक्त गर्नुभयो । ‘बजेट परिचालनको क्षमता घट्दै गएको छ, यो निकै चुनौतीको विषय हो । सार्वजनिक खरिद ऐनका विषयमा गम्भीरतापूर्वक बहस गर्नुपर्ने देखिन्छ’ उहाँले भन्नुभयो ।
सांसद निशा डाँगीले समग्रमा अघिल्लो वर्षभन्दा यो वर्षको बजेट सकारात्मक रहेको टिप्पणी गर्नुभयो । ‘अनुमानित राजस्व र वैदेशिक अनुदानबाट आगामी वर्षको खर्च बेहोर्न सकिने परिप्रेक्ष्यमा जुन आकारको बजेट आएको छ त्यो सन्तुलत नै देखिन्छ । करसम्बन्धी सूचना विश्लेषण गर्न एआइको प्रयोगको घोषणाले राजस्व सङ्कलनको नयाँ अभ्यास थपिदिएको छ । मानव स्वास्थ्यका लागि हानिकारिक रहेको मदिराजन्य, सुर्तिजन्य पदार्थमा लगाइएको शुल्कको वृद्धि सकारात्मक छ’ उहाँले भन्नुभयो ।
शुल्क वृद्धिले राज्यको राजस्व वृद्धि गर्नुका साथै राज्य नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको देखाउने सांसद डाँगीको भनाइ छ । उहाँले भन्नुभयो– ‘बजेटमा राम्रा पक्ष भए पनि आन्तरिक ऋण बढाइएको छ, त्यो चिन्ताजनक विषय हो ।’
सांसद रोशन कार्कीले सरकार परिवर्तनसँगै सरकारको सिद्धान्त र प्राथमिकता परिवर्तन हुन नहुने भन्दै बजेट कार्यानवयन प्रभावकारी रुपमा हुनुपर्नेमा जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै