
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन बिहिबार प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएकामा आजका लागि १ लाख ४२ हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।
तेजाबी सुन बिहिबार १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आज १ लाख ४१ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले ओरालो लागेको छ । बिहिबार प्रतितोला १ हजार नौ सय रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि १ हजार ८ सय ७५ रुपैयाँ निर्धारण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन